मधेसको सुरक्षा अवस्थाका विषयमा बुझ्न प्रधानसेनापति राजेन्द्र क्षत्री तरई मधेसका झरेका छन् । प्रधानसेनापति क्षेत्री शनिबार पर्सा पुगेका छन्। वीरगञ्जमा रहेको बरख गणको निरीक्षण भ्रमण र तराई मधेसको सुरक्षा अवस्था बारे जानकारी लिने सेनाले जनाएको छ ।
सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार शनिबार क्षत्रीले मकवानपुरमा रहेको मध्य पृतना मुख्यालय र काभ्रेपलाञ्चोक जिल्लाको भकुण्डेवेसीस्थित २६ नम्बर बाहिनी अड्डा र पर्साको बरख गणको एकै दिन निरीक्षण भ्रमण गरेका हुन्। सनाले तराई–मधेशका जिल्लाका जनतासँग सहकार्य र उनीहरुको मनोबिज्ञान बुझ्ने प्रयास थालेको छ ।



