संखुवासभा / संखुवासभाको मकालु गाउँपालिकामा पनि नेकपाले अग्रता लिएको छ। आज विहान ९ः१५ देखि शुरू भएको मत गणनाको पछिल्लो मतपरिणाम अनुसार नेकपाका तेजबहादुर पोख्रेलले ५११ मतका साथ अग्रता लिइरहेका छन् भने नेपाली कांग्रेसका विमन पराजुलीले ३९२ मतका साथ् उनलाई पछ्याई रहेका छन्।
१० मतदान स्थलका ९ हजार एक मतदाता रहेको मकालु गाउँपालिकामा ५ हजार सात सय ७४ मत खसेको थियो। भौगोलिक विकटता रहेको मकालुमा ६ वटा वडा रहेका छन्। मकालुका ६ वटै वडाको मतपेटिका शनिबार राती मात्र ल्याइएको थियो।
गाउँपालिका अध्यक्ष पदका लागि सत्तारुढ दल नेकपाका तर्फ बाट तेजबहादुर पोख्रेल, कांग्रेसबाट विमन पराजुली, संघीय समाजबादी नेपालबाट नर्बु शेर्पा, राप्रपा नेपालबाट मेघनाथ राई, राप्रपा संयुक्तबाट मनबहादुर विश्वकर्मा,राष्ट्रिय जनमुक्ती पार्टीबाट रमेश राई र संघीय लोकतान्त्रीक मञ्चबाट कविता राईले प्रतिस्पर्धामा छन्।









