भक्तपुर / भक्तपुर क्षेत्र नम्बर १ (क) मा प्रदेशसभा सदस्यको लागि भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णलाल भडेँल विजयी भएका छन् । यसको औपचारिक घोषणा हुन भने बाँकी छ।
कांग्रेसका भडेँल १३ हजार ७४८ मत सहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपाका उम्मेदवार डीपी ढकालले ११ हजार २ सय १० मत पाएका छन् ।
नेमकिपाका निरज लवजुले ५ हजार ८२९ मत पाएका छन् ।अघिल्लो पटक यस क्षेत्रमा तत्कालिन एमालेबाट हरिश्चरण लामिछाने विजय भएका थिए । हरिशरण लामिछाने १२ हजार ७ सय ८९ मत ल्याएका थिए। गत वर्ष हृदयघातबाट उनको निधन भए पछि भक्तपुर १ (क) खाली थियो ।









