प्रधानमन्त्री केपी शर्मा ओलीको आइतवार आठौं पटक डायलाइसिसि गरिएको छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा गत मंगलवार भर्ना भएयता यो चौथो डायलाइसिस हो ।

त्यसअघि ग्राण्डी इन्टरनेसनल हस्पिटलमा २६ दिनमा ४ पटक डायलाइसिस गरिएको थियो । प्रधानमन्त्रीलाई सम्भावित संक्रमणको जोखिममा जोगाउन अझै आइसियूमै राखिएको छ । उनको स्वास्थ्य स्थिति सुधारोन्मुख रहेको चिकित्सकहरूले बताएका छन् । कान्तिपुर दैनिकमा खबर छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड