बलात्कारको आरोप लागेका सिद्धबाबा कृष्णदास गिरीलाई प्रहरीले पक्राउको गरेको छ।
विराटनगरस्थित विराट नर्सिङ होमको आइसीयूमा भर्ना भएको अवस्थामा नै सोमबार बिहान चार बजे उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले बताएको छ ।
सुनसरीका डीएसपी विनोद शर्माको टोलीले उनलाई पक्राउ गरेको हो। सुनसरीको चतरास्थित आश्रमका सिद्धबाबामाथि एक महिलाले बलात्कारको आरोप लगाएकी थिइन्।










