काठमाडाैं/ बुढ्यौलीले छोएपछि खिइँदै जाने दाँतजस्तै खिइएका छन् साइकलका टायर ।

१० थोत्रा साइकलका पार्टपुर्जा ‘एसेम्बल’ गरेर ४ वटा बनाइएको छ । त्यही थोत्रो साइकल लिएर सोनी गुरुङले १३ औं सागको ट्रायथलनमा स्वर्ण जितिन् । मुलुकको इज्जत राखिन् ।

सात वर्ष पुरानो साइकल लिएर सोमवार पोखराका सडक नाप्दा उनलाई बारम्बार टायरकै चिन्ता लाग्यो । तालिम अवधिमा पटकपटक पन्चर भएको टायर भरपर्दो थिएन ।

अरू पुराना साइकलको पार्टपुर्जा नमिलाई हालिएको थियो । उनीसँगै ट्रायथलनमा नेपालबाट सहभागी अरू एक महिला र दुई पुरुषको साइकल पनि उस्तै थिए ।

उनले फेवातालमा ७५० मिटर पौडिइन् । २० किमि साइक्लिङ गरिन् र ५ किमि दौडिइन् । यो दूरी उनले १ घण्टा १३ मिनेट ४५ सेकेन्डमा पूरा गरिन् ।

भारत र श्रीलंकाका खेलाडीलाई पछि छोडिदिइन् । ‘खेलभरी साइक्ल पन्चर हुन्छ कि भन्ने मात्रै चिन्ता भयो,’ उनले भनिन्, ‘गतिलो साइकल भएको भए अझै चाँडै सकाउँथें ।’ कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय