बागलुङ / गुल्मीबाट कुलपुजाको लागि बागलुङको देविस्थान जाँदै गरेको जिप दुर्घटनाका मृतकहरुको नाम खुलेको छ । मंगलबार बिहान ग १ ज ५२१९ नम्बरको जिप बडिगाड गाउँपालिका–७ घोपर्नामा दुर्घटना हुँदा १४ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा चालकसहित १४ जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख सुरज खड्काले जनतासमाचारलाई जानकारी दिनुभयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

जिपमा सवार १८ मध्ये ९ महिला, ४ पुरुष र एक बालकको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा एक जना पुरुष, एक जना महिला र एक जना शिशु घाइते छन् । उनीलाई उपचारका लागि काठमाडौं ल्याइँदैछ ।

मृत्यु हुनेहरु –रेशम थापा, गुल्मी इस्मा गाउँपालिका–५ –वसुन्धरा कार्की, ४० वर्षीय, इस्मा गाउँपालिका–५ –मैया थापा, २३ वर्षीय –झुमा कार्की, नवलपरासी वर्दघाट –लक्ष्मी केसी, ५५ वर्षीय, बागलुङ बडिगाड–७ –सीता कार्की, ४० वर्षीय इस्मा ५ गुल्मी –तुलसी कार्की, इस्मा –भूमि कार्की ४५ वर्षीय, इस्मा मीना कार्की २५ वर्षीय, इस्मा गुल्मी –धनबहादुर कार्की इस्मा गुल्मी –झवि कार्की, ४० वर्षीय, इस्मा गुल्मी अन्य ३ जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।जनता समाचार