दमक । दमकस्थित मेची सहकारी संस्थासंग झापा र मोरग जिल्लाका दुइवटा सहकारी संस्था एकीकरण भएकाछन् । मेची सहकारी संस्थाका ब्यवस्थापक खोमप्रसाद बगालेका अनुसार लामो समय र छलफलपछि दुइ सहकारी संस्थाहरु एकीकरण सम्भव भएको हो ।
वहुद्धेशीय सहकारीको रुपमा दमकमा सबैभन्दा ठुलो सहकारीको रुपमा स्थापति रहेको मेची सहकारी संस्थाले आफ्नो नीति तथा कार्यक्रममा सम्भव भएसम्म धेरै सहकारीहरुलाइ आफुमा एकीकरण गर्ने नीति पास गरेको थियो । झापा दमकको जल्पादेवी बचत तथा ऋण सहकारी संस्था र मोरगको उर्लाबारी नगरपालिकाको जलउपभोक्ता कृषि सहकारी संस्था मेची सहकारी संस्थामा एकीकरण भएकाहुन् ।
ब्यवस्थापक थापाका अनुसार दूइवटै सहकारी संस्थाका शेयर सदस्यहरु मेची सहकारी संस्थाका सदस्य भएकाछन् । सहकारी विभागले एकीकरणलाइ मान्यता दिइसकेको र अहिले एकीकरण भएर आएका दुइवटा सहकारी संस्थाको अस्तित्व सकिएको पनि उहाँले जनाउनु भएको छ । पछिल्लो समयमा सहकारी संस्थाहरु एकीकरणका लागि तयार हुन थालेको र यो एउटा उदाहरण भएको बताइन्छ ।
जिल्ला सहकारी संघ झापाकी उपाध्यक्ष गीता कुँवरका अनुसार एकीकरणका लागि आफुहरुले समेत पछिल्लो समयमा सहजीकरण गरिदिने गरेको बताउनु भयो । अप्ठेरोमा परेका र सहकारीका सदस्यहरुबाट टाढिदै गएका सहकारीहरुलाइ भोली पर्न सक्ने संकट टार्न एकीकरण आवश्यक भएको उहाँको भनाइ छ ।










