बागलुङ / बागलुङमा भएको जीप दुर्घटनामा मृत्यु भएको १४ जनाको परिचय खुलेको छ । गुल्मी र बाग्लुङको सिमाना भिङगिठेमा भएको दुर्घटनामा १४ जनाको मृत्यु भएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मृत्यु हुनेहरु:

  •  इस्मा गाउँपालिका–४ का ३० वर्षीय सुचना कार्की
  • जीप चालक रेश्म थापा
  • ४० वर्षीया बसुन्धरा कार्की
  • २३ वर्षीया माया थापा
  • ४० वर्षीया सीता कार्कीं
  • दुई वर्षीया अनुशा कार्की
  • ६५ वर्षीया झवी कार्की
  • ४० वर्षीय महेन्द्र कार्की
  •  ४५ वर्षीया भूमी कार्की
  • २५ वर्षीया मिना बस्नेत
  • ६५ वर्षीय धन बहादुर कार्की
  • बाग्लुङको बडिगाड गाउँपालिका–५ का ५५ बर्षीया लक्ष्मी केसी,
  • नवलपरासी बर्दघाट नगरपालिका–२ का ६० वर्षीया मुना कार्की
  • कञ्चनपुरका ५५ वर्षीया धनबहादुर कार्की

दूर्घटनामा घाइते हुनेमा नवलपरासी बर्दघाट नगरपालिका–२ का २२ वर्षीयका जीवन कार्की, इस्मा गाउँपालिका–४ का ४ वर्षीय हिमाल कार्की र सोही गाउँपालिका ४ बस्ने २३ वर्षीया मिना केसी छन् ।

इस्मा गाउँपालिका वडा नम्बर–४ कल्याराबाट बाग्लुङको निसीखोला गाउँपालिका लागि छुटेको ग १ ज ५२१९ नम्बरको जीप बडिगाड गाउँपालिकाको वडा नम्बर–७ भिङगिठेमा दूर्घटनामा परेको थियो ।जनतापाटि