नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको सचिवालय बैठक डाकेका छन्।
४ मंसिरमा भएको सहमति अनुसार कार्यकारी अध्यक्षको जिम्मेवारी पाएपछि प्रचण्डले पहिलोपटक बुधबार बिहानका लागि बैठक आयोजना गरेका हुन्। नेकपा महासचिव विष्णु पौडेलका अनुसार बुधबार बिहान ९ बजे पार्टी मुख्यालय धुम्बाराहीमा बोलाइएको सचिवालय बैठकमा समसामयिक विषयमा छलफल हुनेछ।
प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओली उपचारार्थ अस्पतालमै रहेका बेला प्रचण्डले सचिवालय बैठक बोलाएका हुन्। तत्कालीन एमाले र माओवादी केन्द्रबीच २०७५ जेठ ३ मा पार्टी एकता भएको थियो। लोकाँतर बाट साभार










