काठमाडौं, २४ भदौ । ह्वावेले उपभोक्ता व्यवसाय समूहले आफ्नो २०७३ दशैं अफरको घोषणा गरेको छ । उपहारले भरिपूर्ण एक महिना लामो यस अफर भदौ २४ गतेदेखि आश्विन २२ गतेसम्म लागू हुनेछ ।

अरु अफर झै बम्पर उपहारमा मात्र केन्द्रित नभई यस वर्ष ह्वावेले ले धेरै भन्दा धेरै ग्राहकहरुलाई उपहार दिने निर्णय गरेको छ । चाडपर्वको रौनकलाई ध्यानमा राखी ह्वावेले यसपालीको सबै उपहारहरु उत्तिकै महत्वपूर्ण अर्थात् एक–सा–एक ल्याएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

huawei-01-400यस अफर अन्तर्गत ग्राहकहरुले ह्वावेको कुनै पनि स्मार्टफोनको खरिद गरी विभिन्न उपहारहरु जित्न सक्नेछन् ।

“एक–सा–एक, यो दशैंमा भाग्यशाली अनेक” अन्तर्गत ह्वावेले हरेक हप्ता र हरेक १५ दिनमा उपहारहरु प्रदान गर्नेछ । लक्की ड्र मार्फत ग्राहकहरुले हरेक हप्ता १०० वटा पावर बैंक, २० वटा स्मार्टफोन र किट सहित ४ जाएन्ट साइकल प्राप्त गर्नेछन् । विजेताको घोषणा ह्वावेको अफिसियल फेसबुक पेज (/Huaweidevicenepal) मा गरिनेछ । यस अफरको प्रमुख हाइलाइट भन्नु नै हरेक १५ दिनमा हुने लक्की ड्र हो, जस मार्फत् दुई भाग्यशाली विजेताहरुले Vespa र Royal Enfield जित्न सक्नेछन् । विजेताहरको घोषणा नेपाल टेलिभिजनबाट प्रसारण हुने नमस्ते नेपालमा प्रत्यक्ष लक्की ड्र मार्फत गरिनेछ ।