काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले उपनिर्वाचनको परिणामबारे समिक्षात्मक रिपोर्ट पठाउन मातहतका कमिटीलाई निर्देशन दिएको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको सचिवालयको बैठकले तीन दिनभित्र चुनाबी रिपोर्ट पेश गर्न निर्देशन दिएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार मंसिर २३ गते बस्ने सचिवालयको बैठकमा तल्ला तहका कमिटीको रिपोर्टसहित समीक्षा हुनेछ । उपचुनावको धेरै स्थानमा नेकपाले विजय हासिल गरेको भएपनि केही स्थानमा भएको पराजयको समीक्षा आवश्यक गरेको प्रवक्ता श्रेष्ठकाे भनाइ छ । ५२ स्थानमा भएको उपनिर्वाचनमध्ये नेकपाले ३० स्थानमा विजय हासिल गरेको छ ।

सचिवालय बैठकले प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामनासमेत गरेको छ । अध्यक्ष दाहालले बैठकमा प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका बारेका जानकारी दिँदै प्रधानमन्त्रीकाे स्वास्थ्य लाभको कामनाको प्रस्ताव राख्नुभएको थियो ।