डोटी । जोरायल गाउँपालिका –२ मा से १ ज २०३९ नम्बरको महेन्द्रा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । कैलालीको धनगढीबाट जोरायल आउँदै गरेको जिप राति साढे ८ बजेतिर अनियन्त्रित भई दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय जोरायलले जनाएको छ ।
मृत्यु हुनेमा जोरायल ४ बस्ने अन्दाजी २१ वर्षीय जिप चालक आश्रम थापा मगर रहेको प्रहरीले जनाएको छ । जिप के कति कारणले अनियन्त्रित भएको हो भन्ने विषयमा छानबिन भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जनता समाचार बाट साभार










