काठमाडौँ/ओपोले क्वालकम स्न्यापड्रागन ८६५ र ७६५ जी मोबाइल प्ल्याटफर्मद्वारा सञ्चारित फाइभजी स्मार्टफोन सार्वजनिक गर्ने भएको छ। ओपोले काठमाडौँमा आयोजित वार्षिक क्वालकम स्न्यापड्रागन टेक समिटमा सन् २०२० को पहिलो क्वार्टरमा क्वालकम स्न्यापड्रागन ८६५ मोबाइल प्ल्याटफर्ममा आधारित फ्ल्यागशिप फाइभजी स्मार्टफोन सार्वजनिक गर्ने घोषणा गरेको हो।
सार्वजनिकको तयारीमा रहेको नयाँ रेनोथ्रीप्रो, क्वालकम टेक्नोलोजिज्, आईएनसीको नेक्स्ट जेनरेसन स्न्यापड्रागन ७६५ जीमोबाइल प्ल्याटफर्म, एकिकृत फाइभजी सुसज्जित ब्राण्ड कै पहिलो डुअल मोड फाइभजी ह्याण्डसेट हुने कम्पनीले जनाएको छ।
स्न्यापड्रागन ८६५ मोबाइल प्ल्याटफर्म मार्फत उपकरण सञ्चारित गरी विश्वभरका उपभोक्तालाई क्यामेरा, गेमिङ र आर्टिफिसियल ईन्टेलिजेन्सी लगायतमा उत्कृष्ट अनुभवका साथै सुदृढ कार्य क्षमता पस्कँदै प्रिमियम फ्ल्याग शिप फाइभजी स्मार्टफोन पस्कँदै आएको कम्पनीले जनाएको छ।
ब्राण्डले यूरोपमै, पहिलो व्यवसायिक फाइभजी फोनका रुपमा रेनो फाएभजीलाई आधिकारिक तवरबाट स्विट्जर ल्याण्डमा सार्वजनिक रिसकेको कम्पनीले जानकारी दिएको छ।
रेनो फाएभजीका लागि ओपो, कवालकम टेक्नोलोजिज् र एरिक्सनलाई यही जुन महिनामा, संयुक्त रुपमा ‘बेस्ट फाइभजी नेटवर्क डेभलपमेन्ट ईन यूरोप’ अवार्डबाट सम्मानित पनि गरिएको थियो ।










