के तपाईलाई थाहा छ हाम्रो जीवनमा सकारात्मक र नकारात्मक ऊर्जाको प्रभाव धेरै पर्छ । घरमा सकारात्मक र नकारात्मक ऊर्जासँग जोडिएको चिजहरुलाई वास्तुशास्त्र भनिन्छ । तर आधुनिक समयका मानिसहरु वास्तुशास्त्रमा खासै विश्वास गर्दैनन् । वास्तुशास्त्रले हाम्रो जीवनको दिशामा मोड्न सक्छ । तपाईको घरमा यस्ता चिजहरु राखेमा लक्ष्मीको बास हुन्छ ।
जहिले पनि घरमा राख्नुस् बासुरी
बासुरीलाई बास्तु दोष निर्मुल गर्नमा खास मानिन्छ । आर्थिक समस्याबाट मुक्ति पाउन चाँदिको बासुरी राख्दा घरमा राम्रो हुन्छ । वास्तु शास्त्र अनुसार सुनको बासुरी घरमा राख्दा घरमा लक्ष्मीको बास हुन्छ । सुन वा चाँदिको बासुरी सम्भव नभएमा बाँसको बासुरी राख्दा राम्रो हुन्छ ।
गणेशको नृत्य गरेको मुर्ति
भगवान गणेश हरेक रुपमा मंगलकारी हुन् । तर धन लक्ष्मीको दुख हटाउनका लागि नृत्य गरेको गणेशको मुर्ति घरमा राख्नाले निकै शुभ मानिन्छ । भगवान गणेशको यस्तो मुर्ति घरको मुखय द्धारमा राख्दा राम्रो हुन्छ । मुर्ति छैन भने भगवानको तस्बिर पनि राख्न सकिन्छ ।
घरको मन्दिरमा लक्ष्मी र कुबेरको मुुर्ति वा तस्बिर राखनुहोस्
देवि लक्ष्मीको तस्बिर वा मुर्ति सबैको घरमा हुन्छ तर धन धान्य पाउनका लागि देवी लक्ष्मीको साथै भगवान कुवरको मूर्ति वा तस्विर राख्न जरुरी हुन्छ स्थाई धन लाभधको लागि घरमा देवी लक्ष्मी र भगवान कुबेर दुबैको पुजा गर्नु पर्छ । भगवान कुबेर उत्तर दिशाका स्वामी मानिन्छ ।त्यसैले कुबेरलाई उत्तर दिशामा राख्नु पर्छ ।
घरको मन्दिरमा शंख राख्नु शुभ
वास्तुका अनुसार शंखमा वास्तु दोष हटाउने शक्ति हुन्छ । जुन घरमा शंख राखिएको हुन्छ त्यहाँ जुन कुरा पनि राम्रो हुन्छ । शास्त्रका अनुसार जुनको पूजा स्थलमा देवि लक्ष्मीको साथ शंखको स्थापना पनि गरिएको छ र पुजा गरिन्छ भने त्यस घरमा स्वायम लक्ष्मी माताको बास हुन्छ ।
एकाक्षी नरिवल
नरिवललाई श्रीफल मानि देवि लक्ष्मीको स्वरुप भनेर मान्ने गरिन्छ । श्रीफलहरु मध्य एकाक्षी नरिवल निकै नै शुभ हुन्छ । जुन घरमा एकाक्षी नरिवल राखिएको हुन्छ र नियमित पुजा गरिन्छ त्यहाँ संकट कहिले पनि नआउनुका साथै घन घान्यको कमी कहिल्यै हुदैन ।
यो पनि पढ्नुस
भनिन्छ मान्छे जस्तो सोंचाइ राख्छ उस्तै हुन्छ । त्यसैकारण सोंचाइ जहिले पनि सकारात्मक राख्नु पर्छ । ग्रन्थहरुमा यस्ता ७ ब्यक्ति तथा चिजहरुको बारेमा उल्लेख गरिएको जसलाई कहिल्यै पनि शंका गर्नु उचित मानिँदैन ।
१ तीर्थः तीर्थमा भगवानको बास हुन्छ भन्ने विश्वास छ । तीर्थमा भक्तहरुको भिड समेत हुन्छ ।यदि तपाइँलाई विश्वास लाग्दैन भने मन्दिर लगायतका तीर्थस्थल नजानुस् तर गैसकेपछि त्यहाँ शंका नगर्नुस्। तीर्थमा गएर अविश्वास गर्नाले तपाइँको पुण्य नाश हुने शास्त्रमा उल्लेख छ ।
२ मन्त्रः देवी देवताको मन्त्र पनि अविश्वास गर्न नहुने चिज मानिन्छ । देवी देवता तथा मोक्ष प्राप्तिका लागि मन्त्रहरुलाई सबैभन्दा सजिला हतियार मानिन्छ । मन्त्र पाठ गर्दा श्रद्धा र विश्वास सहित गर्नुस् ।
३ ब्राम्हणः शास्त्रमा ब्रम्हणको महत्व उच्च रहेको उल्लेख छ । कुनै पनि शुभ कार्य गर्नका लागि ब्रम्हणको आवश्यकता पर्छ । शुभ कार्य गर्ने ब्रम्हणप्रति अश्रद्धा प्रकट गर्नु पाप मानिन्छ ।
४ ज्योतिषीः कुनै पनि ग्रह दशा वा कुण्डलीका कुरा सोध्न परे हामी ज्योतिषकोमा जान्छौं । कतिपय ब्यक्तिलाई भने ज्योतिषप्रति विश्वास लाग्दैन ।यदि तपाइँ ज्योतिषकोमा जानु हुन्छ भने श्रद्धापूर्वक जानुस् । ज्योतिषकोमा जाने तर अविश्वास गर्नु पाप मानिन्छ ।
५ चिकित्सकः भनिन्छ ठूला ठूला असाध्य रोग पनि निको हुन्छन् तर विश्वास चाहिन्छ । औषधी र चिकित्सकलाई कहिल्यै पनि अविश्वास नगर्नुस् । औषधी र चिकित्सकलाई अविश्वास गर्दा उल्टो असर पर्न सक्छ ।
६ गुरुः जीवनमा सफलता पाउनका लागि गुरुको आवश्यकता हुन्छ । गुरुलाई संसारबाट मुक्ति दिने मुक्तिदाता समेत भनिन्छ । श्रेष्ठ गुरु पाउन कठिन छ । यदि तपाइँले कसैलाई गुरु मान्नु हुन्छ भने सँधै विश्वास गर्नुस् ।
७ देवताः देवताको विषयमा मनिसका अनेक अनेक सोंच हुन्छन् । तर कहिले काँहि आफूले सोंचेको कुरा नहुँदा र आपत विपद आइपर्दा मानिसहर देवता नभएको भन्ने गर्छन्। तर देवताप्रति अविश्वास पनि पाप मानिएको छ । किन भने आस्तिक भावनाले जीवनलाई सहज बनाउने मात्र होइन सकारात्मक भावना पनि दिन्छ । तसर्थ माथि उल्लेख गरिएका यी ७ कुरामा कहिल्यै पनि अविश्वास नगर्नुस् ।



