मेष– नयाँ कामको थालनी हुने देखिन्छ । साताको शुरुमा काममा जिम्मेवारी थपिने एवं नयाँ काममा खर्च बढ्नेछ । व्यापार व्यवसायमा आम्दानी बढ्नेछ । पारिवारिक कुरामा भने विवाद आउने, प्रेम सम्बन्धमा चिसोपना आउनेछ । राजनीतिक पक्ष कमजोर तर धार्मिक र आध्यात्मिक काममा भने समय व्यतित हुनेछ । साताको अन्त्यमा भने दाजुभाइको सहयोग मिल्ने एवं छोटो यात्राको तय हुनेछ ।

वृष– शुरुमा अनावश्यक खर्च बढ्नेछ । स्वास्थ्यमा समस्या एवं आफन्त बैरी बन्नेछन् । साताको मध्यमा भने रमाइलोमा खर्च हुने एवं साथीभाइसँग भेटघाट बढ्नेछ । सामान्य चोटपटकको भय एवं बोलीको कारणले बैरभाव उत्पन्न हुन सक्नेछ । विद्याध्ययनमा कमजोर योग पर्ने एवं जीवन साथीको स्वास्थ्यमा समस्या आउनेछ । साताको अन्त्यमा भने व्यवसायमा लाभ मिल्ने एवं आफन्तको सहयोग पाइनेछ ।

मिथुन– लगानीमा राम्रै आम्दानी मिल्नेछ । कृषि एवं पशुचौपायाबाट फाइदा हुनेछ । महिलावर्गको सहयोगले काममा प्रगति हुनेछ । साताको मध्यमा भने यात्रामा खर्च हुने, सरसामान हराउन सक्ने एवं मानसिक तनाव बढ्नेछ । वैवाहिक प्रसंग चल्ने एवं प्रेममा भने खुशीयाली बढ्नेछ । सन्तानको चिन्ता बढ्ने एवं स्वास्थ्यमा समस्या आउन सक्नेछ । साताको अन्त्यमा भने अधुरा काम पुरा हुने एवं विदेश यात्राको योग बन्नेछ ।

कर्कट– राजनीतिमा पहुँच मिल्नेछ । आफ्नो जिम्मेवारीको काममा प्रशंसा एवम कार्यभार थपिनेछ । आम्दानीको बाटो भेटिनेछ । तरल पदार्थ, होटल व्यवसाय एवं मनोरञ्जन क्षेत्रबाट आम्दानी हुनेछ । घरायसी विवाद भने बढ्ने एवं मित्रसँग सामान्य भनाभन पर्न सक्नेछ । अध्ययनमा भने सफलता मिल्ने एवं खर्च भने बढी हुनेछ । यात्रामा महत्वपूर्ण सामान क्षति हुन सक्नेछ ।

सिंह– धार्मिक रुचि एवं आध्यात्मिक क्षेत्रमा चासो बढ्नेछ । तीर्थ यात्रा एवं सामाजिक कार्यमा खर्च बढ्नेछ । अधुरा काम पुरा हुने एवं विदेशबाट राम्रो खबर मिल्नेछ । राजनीतिमा पहुँच बढ्ने, ठुलाबडाले साथ दिने एवं धनसम्पत्तिको कारोबारमा वृद्धि हुनेछ । घरका सदस्यमा स्वास्थ्य समस्या हुने एवं मित्रबाट असहयोग मिल्नेछ । विद्याध्ययनमा भने राम्रै सफलता मिल्नेछ ।

कन्या– स्वास्थ्यमा समस्या आउनेछ । अनावश्यक विवाद बढ्ने एवं काममा आलोचना हुनेछ । साताको मध्यमा भने यात्राको सुख मिल्ने एवम अधुरा काम पुरा हुनेछन् । सामाजिक एवं परोपकारमा समय व्यतित हुनेछ । बोली बचनको कारणले दुश्मनी पैदा हुन सक्नेछ । धनसम्पत्ति हराउन सक्ने एवं दाजुभाइसँगको सम्बन्धमा सामान्य उत्तार चढाव आउन सक्नेछ । पारिवारिक मिलेमतोमा घरायसी काममा भने प्रगति देखिन्छ ।

तुला– वैवाहिक सुख मिल्ने एवम प्रेमप्रसंगमा सुधार आउनेछ । पारिवारिक भेटघाट हुने एवं साझेदारी लगानीमा प्रतिफल राम्रो मिल्नेछ । व्यसायिक यात्रा हुने एवं काम छिटो पुरा हुनेछ । साताको मध्यमा भने काममा रोकावट आउने स्वास्थ्यले समस्या दिने एवं अनावश्यक रुपमा बखेडा आउनेछ । साताको अन्त्यमा भने वैदेशिक काममा फाइदा मिल्ने एवं भाग्यले साथ दिनाले महत्वपूर्ण काम बन्नेछ ।

वृश्चिक– स्वास्थ्यमा राम्रो प्रगति हुनेछ । खेलकुदमा प्रगति एवं घरबाहिरको काममा प्रगति मिल्नेछ । मुद्दा मामिला एवं विरोधी पक्षहरु साइड लाग्नेछन् । पारिवारिक भेटघाटमा रमाइलो हुने एवं भोजभतेरको सुख मिल्नेछ । साताको मध्यमा भने स्वास्थ्यमा समस्या एवं यात्रामा अनावश्यक झमेला आउनेछ । धनसम्पत्तिको कारोबार भने बढ्ने एवं व्यवसायमा सन्तुष्टि मिल्नेछ ।

धनु– अध्ययनमा राम्रो प्रगति हुनेछ । सन्तानबाट सुख मिल्ने एवं कृषि तथा पशु चौपायाबाट धन प्राप्ती हुनेछ । साताको मध्यमा भने घरबाहिरको योग बन्नेछ । साथीभाइबाट सहयोग एवं आर्थिक रुपमा फाइदा हनेछ । व्यक्तिगत काममा भने तनाव बढ््ने एवं सामान्य खर्च हुनेछ । प्रेममा विवाद आउन सक्ने तथा घरायसी कुरामा सरसल्लाहमा कमी आउनेछ ।

मकर– चिसोले असर गर्नेछ । घरायसी काममा विवाद आउने एवं महिला वर्गसँग दुश्मनी बढ्नेछ । अध्ययनमा भने सफलता मिल्ने एवं आम्दानीको पाटो बढ्नेछ । सन्तानबाट राम्रो सहयोग मिल्ने एवं कला, संगीत क्षेत्रमा प्रगति हुनेछ । विद्याध्ययन एवं वैदेशिक काममा खर्च हुनेछ । यात्रामा सामान्य कष्ट एवं झमेला मिल्ने तथा अनावश्यक खर्च बढ्नेछ । साताको अन्त्यमा भने अचानक घरबाहिर जानुपर्ने तथा स्थानपरिवर्तनको योग रहेको छ ।

कुम्भ– दाजुभाइबाट राम्रै सहयोग मिल्नेछ । जोश जाँगर मिल्नाले काममा प्रगति हुनेछ । नयाँ कामको थालनी हुने तथा नयाँ ठाउँमा भ्रमण हुनेछ । साताको मध्यमा भने काममा ढिलासुस्ती हुने, मानसिक चिन्ता बढ्ने एवं पारिवारिक कुराले काममा बाधा आउनेछ । शैक्षिक क्षेत्रबाट भने आम्दानी मिल्ने एवं पर्यटन क्षेत्रमा खुशी बढ्नेछ । राजनीतिक मोह जाग्ने एवं पदको लालसाले चिन्ता बढाउनेछ ।

मीन– बोली बचनको सहयताले काममा प्रगति हुनेछ । अरुबाट धन प्राप्ती हुने एवं मिष्ठान्न भोजनको सुख पाइनेछ । आफन्तबाट सहयोग एवं पारिवारिक जमघट हुनेछ । साताको मध्यमा भने छोेटो यात्रा हुने एवं दाजुभाइ तथा मित्रहरुबाट राम्रो सहयोग मिल्नेछ । काममा प्रशंसा मिल्ने एवं पदवृद्धिको योग बन्नेछ । नयाँ ठाउँमा लगानीको अवसर मिल्नेछ । साताको अन्त्यमा भने घरायसी विवाद एवं धनसम्पत्तिमा झमेला पर्नेछ । विश्वास पात्रबाट धोका हुन सक्नेछ । प्रस्तुतिः ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा / सम्पर्कः ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

यो राशिफल हामीले जनता समाचार बाट साभार गरेका हौ 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah