जनकपुरधाम । कभर्ड हल नजिकै पटका पट्कदा बम विस्फोट भएको भनि आतंक मच्चिएको छ । जनकपुरमा १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) खेलको कभर्ड हल नजिकै ठूलो आवाजमा पटका पट्किएकाे थियो ।
पटका खेलाउँदै गर्दा पट्किएपछि एक बालक घाइतेसमेत भएका छन् । विस्फोटपछि बम विस्फोट भएको भनि केहीसमय स्थानीयहरु आतंकित समेत बनेका थिए ।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीप कँडेलले बम विस्फोट निराधार भएको बताउँदै बल भन्ने हल्ला भएपनि विस्फोट पटका भएकाे भन्ने स्पष्ट पार्नुभयो ।
पटका विस्फोटमा परेका बालकको उपचार जनकपुर अञ्चल अस्पतालमा सम्भव नदेखिएपछि उनलाई धरान लगिएको छ । जनता समाचार बाट










