काठमाडौं/ मुलुकको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वल्र्डलिंकले जाडोलाई लक्षित गरी ‘तात्तातो हिटरनेट अफर’ ल्याएको छ । अफरअनुसार १७ हजार ५०० रुपैयाँमा ४० एमबीपीएस इन्टरनेट लिने सबै वार्षिक ग्राहकका लागि सीजी ब्रान्डको ब्लोअर हिटरका साथै १ वर्षको नेटटीभी सेवा वल्र्डलिंकले निःशुल्क प्रदान गर्नेछ ।

उक्त अफर वल्र्डलिंकका सबै ग्राहकका लागि लागू गरिएको कम्पनीले बताएको छ । साथै, वल्र्डलिंकका अरू प्याकेजका ग्राहकले पनि न्यूनतम मूल्यमा सीजी ब्रान्डको ब्लोअर हिटर किन्न सक्ने बताइएको छ । सीमित अवधिका लागि ल्याइएको यो अफर वल्र्डलिंकका सबै शाखाबाट उपलब्ध हुनेछ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय