विराटनगर । ग्यास लिक भएर आगलागी हुँदा विराटनगरमा एकजनाको मृत्यु भएको छ । विराटनगर–२ शनिहाटमा ग्यास लिक भएर आगलागी हुँदा अन्दाजी ७० वर्षीय वृद्ध जयप्रसाद दाहालको मृत्यु भएको हो ।

काठमाडौं बसोबास गर्दै आएका दाहाल केही दिनअघि विराटनगर आएका थिए । घरमा एक्लै बस्दै आएका उनको आइतबार बिहान घरभित्र जलेको अवस्थामा शव भेटिएको हो । उनको घरमा राजकुमार दराक भाडामा बस्दै आएका थिए । वृद्धले घर बेच्ने बताएपछि उनले घर खाली गरेका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आइतबार बिहान वृद्धको घरमा जाँदा ढोका नखोलेपछि उनले छिमेकीलाई बोलाएर घरभित्र पसेका थिए । जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी राजकुमार खिइजूले ग्यास लिक भएर आगलागी हुँदा वृद्धको मृत्यु भएको बताए ।

उनको घटनाको अनुसन्धान सुरु गरेको बताए । प्रहरीका अनुसार कोशी ग्यासको सिलिण्डर लिक भएर आगलागी भएको हो ।