सत्तारुढ कांग्रेस र माओवादी केन्द्रका सांसदले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाभियोग दर्ता गराएपछि प्रमुख प्रतिपक्षी दल एमालेले त्यसको कडा प्रतिवाद गरेको छ। र, उसले महाभियोग प्रस्तावलाई स्वतन्त्र न्यायापालिकामाथिको गम्भीर प्रहार भनेको छ।

एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले भ्रष्टाचारविरुद्ध अभियान चलाइरहेकी प्रधानन्यायाधीश कार्कीविरुद्ध  अचानक, बिना कुनै आधार र कारण महाभियोग लगाइएको भन्दै खेद प्रकट गरे। ‘तीन तहको निर्वाचन गरेर संविधानलाई सर्वस्वीकार्य बनाउने बेलामा प्रधानन्यायाधीशविरुद्ध महाभियोग लगाइएको छ,’ उपनेता नेम्वाङले भने, ‘यो इतिहासको दुर्भाग्यपूर्ण घटना हो।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यसैगरी अधिवक्ता ओमप्रकाश अर्यालले प्रधानध्यायाधीश सुशीला कार्कीमाथि लगाइएको महाअभियोगलाई प्रतिगमनको संज्ञा दिएका छन्। अर्यालले लोकतन्त्रको आधारशिला स्वतन्त्र न्यायापालिकामाथि राजनीतिक हस्तक्षेत्र भएको टिप्पणी गर्दै आपत्ति जनाएको छन्।