कुनैबेला राजधानी केन्द्रित हुने गरेका सौन्दर्य प्रतियोगिता हरु हिजोआज मोफसलमा पनि हुन थालेका छन् । सौन्दर्य प्रतियोगिता हरुको गरिमा र महत्व दिनदिनै चुलिदै गैरहेको छ । थ्री डी मिडिया हाउस द्वारा इटहरीमा आयोजित ‘पुर्वान्चल बेस्ट मोडल’ बाट मोडलिङको दुनियामा उदाउदै गरेकी सुन्दर नगर दमककी सुन्दरी हुन् कविता चापागाईं।
पुर्वान्चल बेस्ट मोडल २०१९ को ताज विजेता साथै मोस्ट पपुलर अवार्ड जित्न सफल बनेकी यी सुन्दरी आस्था कलेज अफ म्यानेजमेन्टमा बि बि एस तेस्रो बर्षमा अध्ययनरत छिन । उनि नृत्य,गित संगीत, फेसन र शृङ्गार कि शौखिन हुन् ।
सफल मोडलको रुपमा स्थापित हुने र आमाबुबा लाइ गर्व गर्नसक्ने गरि काम गर्ने सपना देख्ने कविता अत्यन्तै मिलनसार र जिज्ञासु हुनका साथै सामाजिक कार्यमा समेत रुची राख्छिन ।




