काठमाडौँ / साताको दोस्रो दिन  आज  सोमबार पनि  सुनको मूल्य घटेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला २  सयले घट्दै ७१ हजार  रुपैंयामा कारोबार भैरहेको छ ।आइतबार प्रतितोला ७१ हजार २  सय रुपैंयामा कारोबार भैरहेको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्यस्तै, तेजाबी सुनको मूल्य पनि घटेको छ । आज प्रतितोला ७० हजार ७  सय रुपैयाँमा कारोबार भैरहेको छ । आइतबार प्रतितोला ७०  हजार ९  सय रुपैयाँमा कारोबार भैरहेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ५  रुपैयाँले घट्दै ८ सय ३५  रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।