अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले रोबोटहरूको लागि अन्तरिक्षमा होटल निर्माण गर्ने निर्णय गरेकाे छ। याे हाेटल रोबोटहरूका लागि मात्र हुनेछ।

यो 'रोबोट होटेल'का नामले परिचित हुनेछ। नासाले अन्तरिक्षमा रोबोटिक उपकरण स्टेज (आरटीटीएस)सँगै 'रोबोट होटेल' पनि संलग्न गर्दैछ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यो अन्तर्राष्ट्रिय रोबोट स्टेशन (आइएसएस) बाहिर राखिनेछ। यो रोबोट उपकरणका लागि एक सुरक्षित एकाई हुनेछ।

नासाका अनुसार मिसनकाे १९औं स्पेस एक्स व्यावसायिक सुरूवातका रुपमा यो होटल स्थापना गर्ने तयारी भइरहेको छ।

रोबोटले ग्यास चुहावट पत्ता लगाउने छ। त्यहाँ दुई रोबोट निवासीहरू (बाहिरी) र चुहावट लोकेटर (आरईएल) बस्नेछन्।

होटलमा स्पेक्ट्रोमीटरसँग आउटफिट हुनेछ। जुन अमोनिया जस्तै ग्यासको गन्ध सुध्न सक्षम हुनेछ। यी उपकरणहरू मार्फत कुनै पनि प्रकारको चुहावट पत्ता लगाउन मद्दत मिल्ने छ।नेपाल लाइभ