काठमाडौं/ १३ औं दक्षिण एसियाली खेलकुद (साग)को समापन समारोहको दिन रंगशाला हाताभित्रै प्रहरीले दर्शक र पत्रकारमाथि कुटपिट गरेको छ ।

आज मङ्गलबार फुटबलको फाइनलमा नेपाल र भुटानबीचको खेल हुँदै छ । फाइनल खेलको टिकट नपाएको भन्दै आक्रोशित सर्वसाधारण प्रर्दशन गरेपछि प्रहरीले दशरथ रङ्गशालाबाहिर प्रहरीले कुटपिट गरेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उक्त प्रर्दशनको रिपोर्टिङको क्रममा रङ्गशाला हाताभित्रै प्रहरीले पत्रकारमाथि पनि  कुटपिट  भएको  छ । प्रदर्शन चलिरहँदा त्यसको रिपोर्टिङ गर्ने क्रममा नागरिक दैनिकका खेल पत्रकार सुमन चापागाईंलाई प्रहरीद्धारा कुटिएका हुन् ।

रङ्गशाला अगाडि रहेको ब्लुक्रस अस्पताल अगाडि प्रहरीले कुटपिट गरेको दृष्य क्यामेरामा कैद गर्न खोज्ने सञ्चारकर्मी माथि पनि प्रहरीले हातपात गरेका हुन् । प्रहरीले पत्रकार चापागाईंलाई आधिकारिक एक्रिडेसन कार्ड लगाएको अवस्थामा नै कुटपिट गरेको हो ।उनको कानबाट समेत रगत आएपछि हाल उपचारका लागि अस्पताल लगिएको छ ।

प्रत्यक्षदर्शीका अनुसार पुलिसले सर्वसाधारणमाथि अत्याधिक दमन गरेपछि पत्रकार चापागाईंले रिपोर्टिङ गर्दा उनलाई अपशब्द बोल्दै आक्रमण गरिएको हो ।