वि.सं. २०७६ मंसिर २५, बुधबार, इ.स. २०१९ डिसेम्बर ११, शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, हेमन्त ऋतु, ने.सं. ११४० थिंलाथ्व, मार्ग शुक्लपक्ष, चतुर्दशी, १०:५४ उप्रान्त पूर्णिमा, नक्षत्र– रोहिणी, ३१:२० बजेउप्रान्त मृगशिरा, योग– सिद्ध, १६:४२ बजेउप्रान्त साध्य, करण– वणिज, १०:५४ बजेदेखि भद्रा, २३:०२ बजेउप्रान्त वव, आनन्दादिमा शुभ योग, चन्द्रराशि– वृष, सूर्योदय– ६:४५ बजे, सूर्यास्त– १७:०८ बजे र दिनमान २५ घडी ६ पला। व्रत/पर्व-काशिस्थित पिशाचमोचनमा तीर्थश्राद्ध,नुवाकोट दुप्चेश्वरमा मेला, दत्तात्रेय जयन्ती, कुठीधान्य लक्ष्मीपूजा, पूर्णिमा व्रत, सर्वार्थसिद्धि योग १०:५४ बजेसम्म र २३:०२ बजेपछि।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)-चुनौतीपूर्ण कामको दायित्व लिनाले धेरै परिश्रमपछि न्यून सफलता मिल्नेछ,सहयोगी जुटाउन नसकिएला,पढाइलेखाइ र व्यवसायमा विशेष लाभ लिने समय छ,टाढाको यात्रा सम्भावना छ, घरमा सुख-सम्पत्ति प्राप्त हुने योग छ,आजको शुभ अंक १० रहेको छ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ,परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ,द्योग र व्यापारमा विशेष फाइदा हुनेछ,शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ,गरिएका कर्मको उचित प्रतिफल पाइनेछ,आजको शुभ अंक ३ रहेको छ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –विविध चुनौती सामना गर्नुपर्दा चिन्ता र छटपटी बढ्न सक्छ, चोरी वा ठगीमा परिने समय छ,कीर्तिमानी काम गर्ने समय छ,प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ,सहयोगीहरू कमै भेटिनेछन् भने फुर्सदिलाहरूले अलमल्याउन सक्छन्,थोरै आर्जनमा चित्त बुझाउनुपर्ला,आजको शुभ अंक १ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)-अरूको फाइदाका लागि उपयोग भइनेछ भने परिस्थिति आफ्ना लागि अलि प्रतिकूल रहने देखिन्छ,काम बिग्रने डरले सताइर हनेछ,राम्रै फाइदाको योग छ,विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ,रोकिएका काम सम्पादन हुनेछन्,पठन–पाठनमा प्रगति हुनेछ,आजको शुभ अंक ७ रहेको छ।
सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –पितृधन उपयोग गर्दा अझ लाभ हुन सक्छ,पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला,बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई बिस्तारै सुधार गर्न सकिनेछ,महत्वाकांक्षी योजना पनि बिस्तारै फलदायी हुनेछन्, आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,आजको शुभ अंक ८ रहेको छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –आँटेका काम बीचमा अवरुद्ध बन्न सक्छन्,प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ,आज स्थायीभन्दा अस्थायी पेसाबाट फाइदा हुने देखिन्छ, सामान्य आम्दानी बढ्नेछ भने उठ्नुपर्ने रकम हातलागी हुने योग छ,आजको शुभ अंक १० रहेको छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–मातापिताको सहयोग प्राप्त होला,अरूलाई प्रभावित पारेर काम बनाउने समय छ,आस मारेको काम बन्नाले उत्साह जाग्नेछ,आस मारेको कामले सकारात्मक मोड लिने सम्भावना छ, लगनशीलताले ठूलो काम सम्पादन हुन सक्छ,आफ़्नाका लागि गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ,आजको शुभ अंक ४ रहेको छ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)-अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ,हिम्मतले काम लिन नसक्दा केही पछि परिनेछ, अस्वभाविक प्रलोभनले अप्ठ्यारोमा परिएला,नयाँ ज्ञान सिक्ने मौका छ,आम्दानी प्रशस्तै बढ्नेछ, नयाँ सवारी साधन प्राप्तिको योग छ,भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न नसकिएला,आजको शुभ अंक ५ रहेको छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–उद्योग र व्यापारमा निकै फाइदा हुनेछ,प्रतिस्पर्धीहरूलाई पनि सजिलै पछि पार्न सकिनेछ,व्यावसायिक काममा पनि विभिन्न समस्या आउन सक्छन,आत्म–विश्वासले ठूलो फाइदा उठाउन सकिनेछ,विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ,पारिवारिक जमघटमा मन रमाउनेछ,आजको शुभ अंक ६ रहेको छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –आफन्तबाट समेत टाढिनुपर्ने समय छ,वैदेशिक क्षेत्रबाट भने सामान्य लाभ लिन सकिनेछ,भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ,परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ, आजको शुभ अंक ११ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –लेनदेनमा पनि विवाद बढ्ने सम्भावना छ,विगतको श्रमबाट भने लाभ हुनेछ,काम रोकिनुका साथै मानसम्मानमा आघात पुग्न सक्छ,समय र नियमलाई बेवास्ता गर्दा चुनौती आइलाग्नेछन्,दण्ड वा जरिवानामा परिने सम्भावना छ,छर–छिमेकमा पनि असमझदारी बढ्न सक्छ,आजको शुभ अंक ९ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)-व्यावसायिक काममा पनि विभिन्न समस्या आउन सक्छन्,घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिनेछ,अरूलाई प्रभावित पारेर काम बनाउने समय छ, आफ्नो क्षेत्रमा प्रभुत्व जमाउने अवसर प्राप्त हुनेछ, दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ,विद्यामा कमजोरी र लेनदेनमा विवाद होला,आजको शुभ अंक २ रहेको छ।
दिब्य ज्योतिष बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah