काठमाण्डौ - नेपालमा चारपांग्रे गाडी उत्पादन गर्ने भन्दै लगानीको अनुमति मागेको कोरियाली कम्पनी मोट्रेक्ससँग परियोजना लगानी सम्झौता भएको छ ।

लगानी बोर्ड नेपाल र मोट्रेक्सका प्रतिनिधिबीच बुधबार प्रोजेक्ट इन्भेष्टमेन्ट एग्रिमेन्ट ढपीआईए)मा सम्झौता भएको हो । सम्झौतामा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत र मोट्रेक्सका प्रतिनिधिले हस्ताक्षर गरेका छन् । लगानी बोर्डले पहिलो चरणमा १०५ मिलियन अमेरिकी डलर (झण्डै १२ अर्ब नेपाली रुपैयाँ) लगानी गर्ने सहमतिमा हस्ताक्षर भएको जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड
https://twitter.com/IBNOffice/status/1204744945921167361

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत(सीईओ) महाप्रसाद अधिकारीले उज्यालोसँग भन्नुभयो, ‘मोट्रेक्ससँग आजसम्म हामीले छलफल मात्रै गरिरहेका थियौँ, आजदेखि भने टुंगोमा पुगेका छौँ, अब यो समझदारीलाई बोर्ड बैठकले पारित गरेको छ, उहाँहरुले अब वातावरणीय प्रभाव मूल्यांकन (ईआइए) गर्न सक्नुहुनेछ ।’

ईआइए गरेको ३६ महिनाभित्र भौतिक संरचना निर्माणको काम सक्नुपर्ने पनि सम्झौतामा उल्लेख भएको सीईओ अधिकारीले जानकारी दिनुभयो । सरकारले मोट्रेक्सलाई बुटवल धागो कारखानाको जग्गा दिने तयारी गरेको छ । २०७५ सालको चैत १ गते बसेको लगानी बोर्डको बोर्ड बैठकले मोट्रेक्सको लगानी स्वीकृत गरेको थियो ।