काठमाडौं– सरकारले विहीबार धान्यपूर्णिमा, योमरी पुन्ही र उधौली पर्वका अवसरमा बिदा दिएको छ । पर्व मान्ने कर्मचारीहरुका लागि सरकारले बिदा दिने निर्णय गरेको हो ।
भोलि बिहिबार उधौली पर्व, धान्यपुर्णिमा र योमरी पुन्ही मनाइँदैछ । हिन्दु धर्मावलम्वीले धान्यपूर्णिमा मनाउने गर्छन् भने किराँत समुदायले उधौली पर्व मनाउने गर्छन् । त्यस्तै नेवार समुदायले पनि योमरी पूर्णिमा मनाउने गर्छन् ।
धान्य पूर्णिमा नेवारी समुदायको एक प्रमुख चाड भएकोले नेवार समुदायले विभिन्न उत्सव र पूजाआजा गर्ने गर्छन् । विहीबार पहाडी समुदायले पनि कूल पूजा र गोठ पूजा गरी धान्यपूर्णिमा मनाउने गर्छन् ।










