दमक /दमक प्याप्सन झापाको आयोजनामा बर्षेनी हुँदै आएको सास्कृतीक कार्यक्रम शुरु भएको छ ।
प्याप्सनले बर्षेनी प्रतियोगितात्मक सास्कृतिक कार्यक्रम गर्दै आएको छ । प्याप्सन दमकका अध्यक्ष जनार्दन मैनालीका अनुसार नगरपालिका स्तरीय नृत्य तथा गायन प्रतियोगिता भइरहेको छ । मैनालीका अनुसार यो कार्यक्रमले परम्परागत नृत्य तथा सस्कृतीलाइ जगेर्ना गर्ने काम गरेको छ ।
बुधबार देखि शुरु भएको प्रतियोगिता विहिबार सकिने प्याप्सन दमकका सचिब सन्तोष दाहालले बताए । दमकका नीजि विद्यालयहरुको उत्साहजक सहभागिता रहेको जनाउदै विद्यार्थीहरुको रुचिलाई यसले उजागर गर्ने गरेको उनले जनाए ।
प्याप्सन केन्द्रिय उपाध्यक्ष नारायण घिमिरेको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । उनले पर्वको रुपमा बर्षेनी झापामा सास्कृतीक उत्सवको रुपमा यो कार्यक्रम निरन्तर हुँदै आएको भन्दै खुसि प्रकट गरे ।
दमकमा नीजि विद्यालयहरुमा उत्कष्ठहरु मध्ये पर्ने सनराइज मोडल स्कूलमा भएको कार्यक्रममा प्याप्सनका अगुवा तेजकुमार श्रेष्ठ, कोशराज प्याकुरेल, श्रवण पोखरेल, चन्द्र राइ लगायतको उपस्थिति रहेको थियो ।











