डोल्पा : डोल्पाको जुफाल बिमानस्थलामा समिट एयरको जहाज धावनमार्गमै रोकिएको छ । बिहान ७ बजेतिर जुफाल बिमानस्थल पुगेको समिट एयरको जहाज मौसममा खराब आएपछि धावनमार्गमै थन्किएको हो।

प्रतिकुल मौसमका बीच यात्रु लिएर आएको समिट एयरको जहाज जुफाल पुग्ने बित्तिकै मौसममा खराबी आएपछि धावनमार्गमै रोकिएको समिट एयरका डोल्पा इन्चार्ज पूर्णजंग शाहीले जानकारी दिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

'मौसममा सुधार आएको छैन, आउने बित्तिकै जहाज नेपालगञ्ज फर्किने छ,' शाहीले भने। नियमित रुपमा उडान भर्दै आएको समिटले शुक्रबार पनि पहिलो उडान डोल्पाका लागि भरेको थियो । मौसमका कारण डोल्पाबाट जहाज उड्न नसकेको जुफाल बिमानस्थलले जानकारी दिएको छ। नाइनएन एएमपी कल साइन भएको समिटको जहाज जुफाल बिमानस्थलमा थन्किएको हो । अन्नपूर्ण पोस्ट बाट साभार