#

सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाको कार्यालयमा बम विस्फोट

  सवाल नेपाल   Saturday, December 14, 2019

सिरहा । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका कार्यालयमा गएराति बम विस्फोट भएको छ ।

गएराति कार्यालयको माथिल्लो कोठामा अज्ञात समूहले बम विस्फोट गराएको हो विस्फोटबाट कार्यालयको झ्याल, ढोकामा क्षति पुगेको जिल्लाप्रहरी सिरहाले जनाएको छ ।

घटनामा संग्लनता भएको आशंकामा एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको सिरहा प्रहरी प्रमुख एसपी उमाप्रसाद चतुर्वेदी जानकारी दिए ।

मंसिर १३ गते पनि सिरहाको धनगढीमाई नगरपालिकाको ढोकामै अज्ञात समूहले कुकर बम राखेको थियो । सो बम नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको थियो । रातो पाटि बाट साभार

फेसबुकमा तपाईको प्रतिक्रिया

फेसबुकमा तपाईको प्रतिक्रिया

Loading...

सवाल नेपाल टिभी