काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको छ । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोगप्रति असन्तुष्ट जनाउँदै राष्ट्रिय प्रजातन्त्र पार्टी फिर्ता भएसँगै सरकार अल्पमतमा परेको हो ।
राप्रपाको दोस्रो पटक बसेको कार्यसम्पादन समितिको बैठकले सरकारबाट फिर्ता हुने निर्णय गरेको थियो । बैठकले नेपाली काँग्रेस र माओवादी केन्द्रले प्रजातन्त्रको अाधार स्तम्भ नै तोडेकाले सँगै सरकारमा बस्न नसकिने भन्दै फिर्ता हुने निर्णय गरेको प्रवक्ता रोशन कार्कीले बताए ।
राप्रपाका मन्त्रीहरुले मंगलबार प्रधानमन्त्रीसँग राजिनामा बुझाउने अापूर्ती समेत रहेका नेता दिपक बोहराले बताए । दुई पटक गरी सरकारमा सहभागी भएको राप्रपाका उपप्रधानमन्त्रीसहित चार मन्त्री र एक राज्यमन्त्री थिए । सरकारबाट फिर्ता भएपनि संविधान संशोधनको प्रस्तावको पक्षमा उभिने राप्रपाले जनाएको छ ।



