कालिञ्चाेक रिजर्भ गएर फर्किँदै गरेकाे बस सिन्धुपाल्चोकको मुडेमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १४ पुगेको छ ।

भक्तपुरबाट कालिन्चोक गएका तीर्थयात्रु बोकेको बा ४ ख ४४६८ नम्बरको बस सडकबाट ५ सय मिटर तल खसेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार दुर्घटनामा १४ जनाको मृत्यु हुनुको साथै १८ जना घाइते भएका छन् ।

उद्धार कार्य जारी रहेको र घाइतेलाई उपचारका लागि नजिकैको धुलिखेल अस्पताल लगिएको प्रहरीले जनाएको छ ।