मकवानपुर, २८ मंसिर– युवतीलाई बलात्कार गरेको आरोपमा काठमाण्डु बुढानीलकण्ठ– १३ का रवि खनाललाई प्रहरीले पक्राउ गरेको छ ।
हाल थाहा नगरपालिका–७ बसेरी बस्ने ४२ वर्षीय खनालले एक २३ वर्षीया युवतीमाथि करणी गरेको आरोप प्रहरीको छ । खनाललाई इलाका प्रहरी कार्यालय पालुङको टोलीले नियन्त्रणमा लिएको हो ।
त्यसबारे छानबिन भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।










