चक्कु प्रहार गरी एक महिलाको हत्या गरेको अभियोगमा प्रहरीले शनिबार एक युवकलाई पक्राउ गरेको छ।
तिलोत्तमा नगरपालिका–१० कान्छी बजारस्थित जग्गा प्लटिङ गरेको स्थानमा सोही ठाउँ बस्ने ५५ वर्षीया कमलादेवी परियारकोे हत्या अभियोगमा प्रहरीले सोही ठाउँ बस्ने २७ वर्षीय विकास गुरुङलाई पक्राउ गरेको हो।
गुरुङले परियारलाई घाँटीमा चक्कुले प्रहार गरेका थिए। चक्कु प्रहारबाट गम्भीर घाइते भएकी कमलाको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।










