१९ वैशाख,प्यूठान । सूचना र प्रविधिको विकाससँगै पछिल्लो समय उमेर नपुग्दै विवाह गर्ने घटना बढ्दै गएका छन् । वालविवाह न्यूनीकरणमा सरोकारवाला निकाय क्रियाशिल रहेपनि कम उमेरमै विवाह गर्ने क्रम प्यूठान जिल्लामा अझै रोकिएको छैन । कलिलो उमेरमा विवाह गर्नेहरुले बर्ष दिन नपुग्दै सम्बन्धविच्छेद गर्ने गरेको पाइएको छ । अधिकांश सामाजिक सञ्जाल (फेसबुसक) कै माध्यमबाट प्रेमसम्बन्ध राखेर विवाह गर्नेहरुले अदालत गएर सम्बन्धविच्छेद गर्ने गरेका छन् । जिल्ला अदालतको तथ्यांक अनुसार गत आर्थिक बर्षमा ७ जोडीले विवाह गर्ने उमेर नपुग्दै सम्बन्धविच्छेद गर्ने गरेका छन् । चालु आर्थिक बर्षको बैशाख दोस्रो सातासम्म २० बर्षमुनिका ६ जोडीले अदालतमा आएर सम्बन्धविच्छेद गरेका छन् । ‘सम्बन्धविच्छेद माग गर्न आउनेमा धेरै पत्नीहरु हुन्छन्’ जिल्ला अदालतका स्रेस्तेदार प्रम पौडेलले भने, ‘धेरै जोडी विवाहपछि आपसमा मेल नखाने भन्दै पछुताएर छुट्टिन्छन् ।’ अन्नपूर्ण पोस्टमा यो खबर छ ।
फेसबुकमा लवः उमेर नपुग्दै सम्बन्धविच्छेद

सवाल नेपालसंवाददातामंगलबार, १८ वैशाख २०७४

फेसबुकमा लवः उमेर नपुग्दै सम्बन्धविच्छेद
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू

यो पनि पढ्नुहोस् »
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३


