अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय सिरहाका निमित्त कार्यालय प्रमुख (मालपोत अधिकृत) रामबाबु मण्डलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
सेवाग्राहीसँग ५ लाख रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका मण्डलविरुद्ध कानुनी कारबाही अगाडि बढाइएके हो।
अख्तियारका अनुसार उच्च अदालत जनकपुर, राजविराज इजलासको पुनरावेदनमा विचाराधीन रहेको मुद्दाको सिलसिलामा ‘सेवाग्राहीको नाममा कायम हुन आएको खुल्ने’ निर्णयसहितको कागजात उपलब्ध गराउन आनाकानी गर्दै सेवाग्राहीसँग घुस लिइरहेका अवस्थामा उनी पक्राउ परेका थिए।
अधिकृत मण्डललाई घुस रकम बराबर बिगो माग दाबी गर्दै आरोपत्र दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।










