काठमाडौं, १८ वैशाख । राप्रपाले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मन्त्रीहरू ब्याक भएसँगै सरकार ढल्छ कि ढल्दैन भनेर सबैतिर चासो बढेको छ ।

कमल थापाले आफ्नो पार्टीलाई सरकारसँग बाहिर गराए पनि पुष्पकमल दाहाल ‘प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई तत्काल कुनै असर नपर्ने देखिएको छ ।

संसदमा ५ सय ९३ सिट छ । सरकारलाई बहुमतमा रहनका लागि २ सय ९७ सिट आवश्यक हुन्छ । राप्रपाको समर्थन फिर्ता हुँदा पनि सरकारलाई समर्थन गर्ने सांसदको संख्या अझै २ सय ९८ कायम छन् ।

संसदमा कांग्रेसका २ सय ७, माओवादी केन्द्रको ८१ सिट छ । नेकपा (संयुक्त)को ३ र सरकारमा सहभागी भएका र नभएका गरी एक–एक सिटे दलहरू गरी ८ दलको अझै पनि सरकारलाई समर्थन कायम छ ।

रुकमिणी चौधरीको संघीय लोकतान्त्रिक मञ्च थरुहट, प्रेमबहादुर सिंहको समाजवादी जनता पार्टी, हरिचरण साहको नेपाली जनता दल, रामकुमार राइको खम्बुवान राष्ट्रिय मोर्चा, कुमार खड्काको अखण्ड नेपाल पार्टी, लोकमणि ढकालको जनजागरण पार्टी नेपाल र स्वतन्त्र सांसद् चन्द्रेश्वर झाको पनि समर्थन सरकारलाई नै छ ।

राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएर सोमबार बेलुका बाहिरिएपछि सरकार ढल्छ कि भनेर चौतर्फी चासो र चिन्ता देखिएको थियो । ३७ सिट रहेको राप्रपाले प्रधानन्याधीशलाई लगाइएको महाअभियोगको बहाना बनाएर सरकारबाट बाहिरिएको छ ।

राष्ट्रिय जनता पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि अहिलेको राजनीतिक अवस्थाप्रति औपचारिक टिप्पणी गरेको छैन । संसदमा २५ सिट रहेको राजपाले आवश्यक पर्दा सरकारलाई समर्थन गर्ने संकेत दिएको स्रोतको भनाइ छ ।

उपेन्द्र यादव नेतृत्वको १५ सिट रहेको संघीय समाजवादी फोरमले पनि सरकारका विषयमा कुनै प्रतिक्रिया दिएको छैन । नेपाल लोकतान्त्रिक फोरमसँग १७ सिट छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah