भगवान शिवकी पत्नी सतीदेवी अर्थात पार्वतीलाई नै नवदुर्गाका नौ स्वरुप मानिन्छ । माता दुर्गाका ९ स्वरुप

१) शैलपुत्री: माता शैलपुत्रीलाई धनधान्य, एैश्वर्य, सौभाग्य, आरोग्य तथा मोक्षदाताकी देवीको रुपमा पूजा गरिन्छ ।

मन्त्रः ‘ॐ ऐं ह्रीं क्लीं शैलपुत्र्यै नम:।’

२) ब्रह्मचारिणी: नित्य पूजा प्रारम्भसँगै स्वाधिष्ठान चक्रमा ध्यान गरेर माता ब्रह्मचारिणीको साधना गर्ने गरिन्छ । यिनी संयम, तप, वैराग्य तथा विजय प्राप्तिको दाहिने हुन्।

मन्त्रः ‘ॐ ऐं ह्रीं क्लीं ब्रह्मचारिण्यै नम:।’

३) चन्द्रघण्टा: विभिन्न शारीरीक तथा मानसिक कष्टहरुबाट मुक्ति तथा मोक्ष प्राप्तिकी देवीको रुपमा चन्द्रघण्टा पूजिन्छिन् ।

मन्त्र: ‘ॐ ऐं ह्रीं क्लीं चन्द्रघंटायै नम:।’

४) कूष्माण्डा: रोग, दोष, शोकको निवृत्ति तथा यश, बल व आयूको दाहिनेको रुपमा माता कूष्माण्डालाई पूज्ने गरिन्छ ।

५) स्कन्दमाता: सुख, शान्ति तथा मोक्षकी देवी स्कन्दमाता सबैको दाहिने रहून ।

मन्त्र: ‘ॐ ऐं ह्रीं क्लीं स्कंदमातायै नम:।’

६) कात्यायनी: माता कात्यायनी भय, रोग, शोक, संतापबाट मुक्ति तथा मोक्षदात्रीको रुपमा पुजिन्छिन ।

मन्त्र: ‘ॐ ऐं ह्रीं क्लीं कात्यायनायै नम:।’

७) कालरात्रि: यीनको आराधना गर्दा ललाटमा ध्यान गर्ने गरिन्छ । शत्रुहरुको नाश, कृत्या बाधाबाट मुक्त गरेर साधकलाई सुख, शान्ति प्रदान गरी मोक्ष दिने गर्दछिन् ।

मन्त्र: ‘ॐ ऐं ह्रीं क्लीं कालरात्र्यै नम:।’

८) महागौरीः माता महागौरीको आराधनागर्दा मस्तिष्कमा ध्यान गरी जप गर्ने गरिन्छ । यिनको साधनाले अलौकिक सिद्धि प्राप्त हुनुका साथै असम्भव कार्य पूर्ण हुने विश्वास गरिन्छ ।

मन्त्र: ‘ॐ ऐं ह्रीं क्लीं महागौर्ये नम:।’

९) सिद्धिदात्री: माता सिद्धिदात्रीलाई मध्य कपालमा साधना गर्ने गरिन्छ । यिनको साधनाले सबै मनोकांक्षा तथा सिद्धि पुरा हुन्छ ।

मन्त्र: ‘ॐ ऐं ह्रीं क्लीं सिद्धिदात्यै नम:।’

माता दुर्गाको पौराणिक कथा

सत्ययुगमा राजा दक्षपतिकी पुत्री सतीदेवी अर्थाता पार्वतीलाई शक्तिस्वरुपमाको रुपमा लिइथ्यो । पार्वती नाम यसरी राखिएको थियो कि उनी पर्वतराज अर्थात पर्वतका राजाकी छोरी थिइन् । पिताको इच्छाविना नै उनले भगवान शिवसँग विवाह गरेकी थिइन् ।

एक यज्ञमा जब दक्षले पार्वती र शिवलाई निम्ता दिएका थिए । उक्त यज्ञमा शिव उपस्थित भएनन् । भगवान शिवले नजानू भन्दा भन्दै पनि अटेर गरेर सतीदेवी आफ्ना पिताको यज्ञमा उपस्थित भएकी थिइन् ।

उक्त यज्ञमा दक्षले सतीदेवीका सामुन्य भगवान शिवका विषयमा अपमानजनक कुरा गरेका थिए । पार्वतीले यो सहन नसकेर उक्त यज्ञ कुण्डमा कुदेर आफ्नो प्राण त्याग गरेकी थिइन् ।

यो खबर सुनेर शिवले आफ्ना सेनापति वीरभद्रलाई त्यहाँ पठाएका थिए । उनले पनि क्रोधित हुँदै दक्षको शिर काटिदिएका थिए ।

सतीदेवीको मृत्युमा दुःखी भएका भगवान शिवले सतीदेवीको मृत शरीरलाई काँधमा राखेर पृथ्वीको परिक्रमा गरेका थिए । उक्त समयमा जहाँ जहाँ सतीदेवीको शरीरका अंग तथा गहना खसेका थिए उत्त स्थानमा शक्तिपीठ निर्माण गरिएका थिए ।

माता दुर्गालाई खुशी पार्न जप्नुस् यी ३० श्लोक

नमो देव्यै महादेव्यै शिवायै सततं नमः।
नमः प्रकृत्यै भद्रायै नियताः प्रणता स्मरताम।

रौद्रायै नमो नित्ययै गौर्य धात्र्यै नमो नमः।
ज्योत्यस्त्रायै चेन्दुरुपिण्यै सुखायै सततं नमः ।

कल्याण्यै प्रणतां वृद्धयै सिद्धयै कुर्मो नमो नमः।
नैर्ऋत्यै भूभृतां लक्ष्म्यै शर्वाण्यै ते नमो नमः ।

दुर्गायै दुर्गपारायै सारायै सर्वकारिण्यै।
ख्यात्यै तथैव कृष्णायै धूम्रायै सततं नमः।

अतिसौम्यातिरौद्रायै नतास्तस्यै नमो नमः।
नमो जगत्प्रतिष्ठायै देव्यै नमो नमः ।

या देवी सर्वभूतेषु विष्णुमायेति शब्दिता।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः ।

या देवी सर्वभूतेषु चेतनेत्यभिधीयते।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः ।

या देवी सर्वभूतेषु बुद्धिरुपेण संस्थिता।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः ।

या देवी सर्वभूतेषु निद्रारूपेण संस्थिता।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः ।

या देवी सर्वभूतेषु क्षुधारूपेण संस्थिता।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः ।

या देवी सर्वभूतेषुच्छायारूपेण संस्थिता।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः ।

या देवी सर्वभूतेषु शक्तिरूपेण संस्थिता।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः ।

या देवी सर्वभूतेषु तृष्णारूपेण संस्थिता।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः।

या देवी सर्वभूतेषु क्षान्तिरूपेण संस्थिता।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः ।

या देवी सर्वभूतेषु जातिरूपेण संस्थिता।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः ।

या देवी सर्वभूतेषु लज्जारुपेण संस्थिता।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः ।

या देवी सर्वभूतेषु शान्तिरूपेण संस्थिता।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः ।

या देवी सर्वभूतेषु श्रद्धारूपेण संस्थिता।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः ।

या देवी सर्वभूतेषु कान्तिरूपेण संस्थिता।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः ।

या देवी सर्वभूतेषु लक्ष्मीरूपेण संस्थिता।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः ।

या देवी सर्वभूतेषु वृत्तिरूपेण संस्थिता।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः ।

या देवी सर्वभूतेषु स्मृतिरूपेण संस्थिता।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः ।

या देवी सर्वभूतेषु दयारूपेण संस्थिता।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः ।

या देवी सर्वभूतेषु तुष्टिरूपेण संस्थिता।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः ।

या देवी सर्वभूतेषु मातृरूपेण संस्थिता।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः ।

या देवी सर्वभूतेषु भ्रान्तिरूपेण संस्थिता।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः।

इन्द्रियाणामधिष्ठात्री भूतानां चाखिलेषु या।
भूतेषु सततं तस्यै व्याप्तिदैव्यै नमो नमः ।

चित्तिरूपेण या कृत्स्त्रमेतद्व्याप्त स्थिता जगत्‌।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः ।

स्तुता सुरैः पूर्वमभीष्टसंश्रया -त्तथा सुरेन्द्रेणु दिनेषु सेविता॥
करोतु सा नः शुभहेतुरीश्र्वरी शुभानि भद्राण्यभिहन्तु चापदः ।

या साम्प्रतं चोद्धतदैत्यतापितै -रस्माभिरीशा च सुरैर्नमस्यते।
या च स्मृता तत्क्षणमेव हन्ति नः सर्वापदो भक्तिविनम्रमूर्तिभिः ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah