काठमाण्डु,१पुस–चारदिन अघि परेको वर्षापछि आएको हावासँगै चिसोका कारण एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा महागढीमाई नगरपालिका वडा नम्बर १० की करिब ५० वर्षीया पशुपतिया देवी अहिरिन रहेको उनका छोरा रामबालक यादवले बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सोमबार राति हामीसँगै खाना खाएर सुतेकी आमा अहिरिन गएराति ११ बजे अचानक काम्न थालेपछि औषधी उपचार गराउन वीरगंज ल्याउँदा बीच बाटोमा नै उनको निधन भएको हो ।

आमालाई वीरगंजस्थित तराई अस्पतालमा लैजाँदा चिकित्सकले चिसोको कारण मृत्यु भएको जानकारी दिएको छ ।

अचानक बढेको चिसोका कारण जिल्लाका प्रायः स–साना वालवालिका तथा वृद्धवृद्धाहरु बढी प्रभावित भएका छन् ।

उनीहरुलाई चिसोबाट जोगाउन न्यानो कपडा र तातो खाना खवाउनुको साथै बढी हेरचाह गर्न चिकित्सकहरुले बताएका छन् ।