अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी जवान सरोज यादवलाई घुससहित पक्राउ गरेको छ।

सादा पोशाकमा खटिएका घुमुवा प्रहरी यादवलाई अख्तियारले १५ हजार घुससहित बारा देवताल गाउँपालिका १ बडकी फूलबरियाबाट पक्राउ गरेको हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अख्तियारका प्रहरी नायब उपरीक्षक केशव भट्टराईका अनुसार अवैधरुपमा रक्सी भट्टी सञ्चालन गर्ने वातावरण सहज गरिदिने भन्दै उनले कलैयास्थित रहेको सिद्धेश्वर विद्यालयबाट घुस लिएका थिए।

यादव पर्सा जिल्लामा दरबन्दी भई बारामा विगत पाँच महिनादेखि काजमा बस्दै आएका थिए ।