काठमाडाैं/ संघीय राजधानी काठमाडौंमा रहेका मुख्य समस्यामध्ये सार्वजनिक जग्गा अतिक्रमण, सेवाप्रवाहमा सुस्तता र विपद् व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न काठमाठौंका सबै नगरपालिका सहमत भएका छन् ।

काठमाडौंमा संघीय सरकारका प्रतिनिधि र स्थानीय सरकारका प्रतिनिधिबीच पहिलोपटक यस्तो सहमति जुटेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

जिल्ला प्रशासन कार्यालय काठमाडौंको पहलमा बुधवार भएको छलफल कार्याक्रममा काठमाडौं महानगरपालिकासहित जिल्लाका १० वटै नगरपालिकाका प्रमुख प्रतिनिधिले काठमाडौंको समस्या समाधानका लागि समन्वयत्मक रूपमा अघि बढ्नुपर्नेमा सहमति गरेका हुन् । राजधानी दैनिकमा खबर छ ।