दमक । झापाका प्रमुख बजार तथा ब्यापारिक केन्द्रहरुमा रहेका होटलहरुमा प्रहरीले निगरानी बढाउदै अनैतिक काम गर्ने तथा बेश्याबृती गर्ने गराउनेलाइ पक्राउ गर्न थालेपछि यस्तो कार्य ग्रामिण क्षेत्रमा रहेका होटलहरुमा हुन थालेको पाईएको छ । पूर्व पश्चिम राजमार्गको सडकसंग जोडिने गरे झापाको दमक स्थित मावा खोला देखि लिएर मेची नगरसम्म बस्ति नभएको सुनसान ठाँउमा समेत होटल तथा लज खुल्ने क्रम बढ्नु कारण यहाँ प्रहरीहरुको ध्यान कम पुग्नु रहेको बताइन्छ ।
इलाका प्रहरी कार्यालय दमकले झापाको कमल गाँउपालिका साविक लखनपुर १ पाडाजुगिमा रहेका प्रवेस होटलबाट तीन जोडिलाइ पक्राउ गरेपछि यस्तो कार्य ग्रामिण क्षेत्रमा खुलेका होटल तथा लजमा हुने गरेको रहस्य सार्वजनिक भएको हो । यो होटल शुरु भएको ३ महिना पनि पुगेको छै्रन । इलाका प्रहरी कार्यालय दमकका प्रहरी प्रमुख राजन लिम्बुका अनुसार होटल सञ्चालक सहित यौनजन्य कृयाकलाप गराएर समाजको शान्ति सुरक्षा खलल पुर्याउने काम भएकाले यस्तो कार्यमा संलग्न महिला र पुरुषहरुलाइ पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार होटल सञ्चालक कुमार श्रेष्ठ सहित यौनजन्य कृयाकलाप गरिरहेको अवस्थामा ३ जना महिलाहरु सहित छ जनालाइ पक्राउ गरिएको छ । पक्राउा परेका महिलाहरुको २५ बर्ष उमेरभन्दा कमका रहेको पनि जनाईएको छ । लिम्बुका अनुसार पक्राउ परेका छ जनालाइलाइ नै सार्वजनिक अपराध मुद्धा चलाईएको छ । उनिहरुको म्याद थप गरिसकिएको पनि प्रहरीले जानकारी दिएको छ ।
होटल ब्यवसायि संघका क्षेत्रिय अध्यक्ष राजन दंगालका अनुसार बजार क्षेत्रमा रहेका होटलहरुमा प्रहरीले कडाइ गरेपछि बेश्याबृतिमा संलग्न महिलाहरु गाँउघरमा रहेका होटलहरुमा जान थालेकाछन् । छिटो कमाइ हुने भएकाले यस्ता होटलहरुमा लगानी गर्नेहरुको संख्या पनि बढ्दै गएको छ । आफूहरुले होटलमा अनैतिक काम गर्ने र गराउनेहरुलाइ संरक्षण नदिने र प्रहरीलाइ सहयोग गर्ने बताएपछि ग्रामिण क्षेत्रमा होटल तथा लज खुल्ने क्रम बढेको उहाँले बताउनु भयो ।
राम्ररी र अबैध रुपमा होटल चलाउनेहरु संकटमा परेको जनाउदै दंगालले रातारात कमाउने सोच पालेकाहरु हाबी बन्दै गएको दंगालको भनाइ रहेको छ । दमकमा मात्र होटलमा करोडभन्दा माथिको लगानि गरेर खोलिएका थुप्रै होटल भएको र अरबौ लगानी भएको भन्दै त्यस्ता होटठलहरु जोखिममा रहेको उहाँ बताउनुहुन्छ । दूइचारलाख रुपिया खर्चेर होटल खोल्ने र अबैध कृयाकलाप गराउने केहि दिनमा नै उस्कने गरेको होटल ब्यवसायिक संघका अध्यक्ष दंगालको भनाइ छ ।



