के बि महरा/काठमाडौ
विश्व हिंन्दु महासंङ्घ ले सनातन धर्म माथिको बढ्दो हस्तक्षेपका बिरुद्द सचेतनाका लागि आह्वान गरेको छ !
रिपोर्टस् क्लबमा बिहिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै आयोजक बक्ताहरुले उक्त बिषय औँल्याएका हुन् ।
मुलुकमा धर्म निरपेक्षताका नाममा बाह्य हस्तक्षेप गर्न नहुने र स्वतन्त्रताका नाममा सनतान धर्म माथी सुनियोजित प्रहार भैरहे आफुहरु शसक्त प्रतिकारमा उत्रने चेतावनी समेत कार्यक्रमका वक्ताहरुले दिएका छन्।
पछिल्लो समयमा बिधालयका स- साना बिधार्थी हरुलाई समेत विभिन्न क्रियाकलाप मार्फत ईसाई धर्म लाद्न खोजिएको र उनिहरुको स्वतन्त्रताको उपेक्षा गरिएको प्रती आफ्नो विशेष ध्यानाकर्षण भएको शिवसेना नेपाल,मजदुर संङ्घठनका अध्यक्ष मनोज सापकोटाले बताएका छन्। साथै बिद्यालयमा आधुनिकताका नाममा पश्चिमा संस्कृती अनुशरण गराउन बाध्य पार्ने, बच्चाहरुलाई बिधालयमा अनिवार्य क्रीसमसडे मनाउन बिधालयले सोझै अभिभावक लाई उर्दि गर्ने जस्ता अवान्छनिय कृयाकलाप भैरहेको र तेस्ता खाले गतिबिधि तत्काल बन्द नगरिए अर्को बर्षदेखी स्वस्फुर्त जनकार्वहि गरिने समेत सापकोटाले बताएका छन्।










