निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थुनामा राखेर मुद्दाको पूर्पक्ष गर्ने जिल्ला अदालत काठमाडौंको आदेश उच्च अदालत पाटनले सदर गरेको छ ।

महराका तर्फबाट परेको निवेदनमाथि सुनुवाई गर्दै मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश टेकनारायण कुँवरको इजलासले थुनामा राख्ने जिल्ला अदालतको आदेश सदर गरेको उच्च अदालत पाटनका रजिस्ट्रार बाबुराम दाहालले लाेकान्तरलाई जानकारी दिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

संसद् सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका महरालाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न यसअघि जिल्ला अदालत काठमाडौंले आदेश दिएको थियो ।

हाल डिल्लीबजार कारागारमा थुनामा रहेका महराले साधारण तारेखमा रहेर मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने मागसहित जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालतमा निवेदन दिएका थिए ।

यससँगै महरा थुनामै रहने भएका छन् । यद्यपि यही प्रकृतिको निवेदनसहित सर्वोच्च अदालत जाने विकल्प भने उनीसँग बाँकी नै छ ।