काठमाडौं । पत्रकारितामा स्नातकोत्तर उत्तीर्ण हुनुभएकी सोनिका लामिछानेले ‘नारायण शान्ति मिश्र’ पदक प्राप्त गर्नुभएको छ ।
त्रिभुवन विश्वविद्यालयको ४५औँ दिक्षान्त समारोहमा प्रदान गरिएका विभिन्न पदकमध्ये सोनिकाले ‘नारायण शान्ति मिश्र’ पदक प्राप्त गर्नुभएको हो । सोनिकाले त्रिभुवन विश्वविद्यालय, पत्रकारिता केन्द्रीय विभाग (रत्न राज्यलक्ष्मी क्याम्पस) बाट ३ दशमलव ४९ जीपीए अङ्क प्राप्त गरी पत्रकारितामा प्रथम हुनुभएको थियो ।
४५औँ दिक्षान्त समारोहमा त्रिभुवन विश्वविद्यालयले २३ जना विद्यार्थीलाई ३१ पदक प्रदान गरेको छ ।










