काठमाडौं । काठमाडौं महानगरापलिकाको मेयरको कार्यालय तयार भएको छ । निर्वाचन भएर जनप्रतिनिधि आउन नै अझै आधा महिना बाँकी छ । तर, काठमाडौं महानगरपालिकाले भने मेयरको लागि कार्यालय र बैठक कक्ष लगायत संरचनाहरु तयार पारिसकेको छ ।
काठमाडौं महानगरपालिकाको मेयरको लागि अहिले झण्डै आधा दर्जनले उम्मेदवारी दिईसकेको अवस्थामा अझै पनि मुख्य दलहरुले उम्मेदवारी दिएका छैनन् । जसबाट मेयरका आकांक्षीहरु यस भन्दा बढी हुने निश्चित प्रायः रहेको छ ।
तर, जनप्रतिनिधि आएपछि बस्नको लागि सबै तयारी सम्पन्न भएको महानगरले जनाएको छ । यद्यपि जनप्रतिनिधिहरु आएपछि उनीहरु कहाँ बस्ने इच्छा गर्छन् त्यो भने उनीहरुकै रोजाई अनुसार हुने गर्दछ । तर, पहिलो पटक कार्यभार सम्हाल्नको लागि भने अहिले महानगरले भाडामा लिएको जेडिए कम्प्लेक्समा कुर्सी तयार रहेको छ ।
स्थानीय तहको निर्वाचनबाट काठमाडौंको मेयरमा उम्मेदवारी दिने दिन मंगलबारसम्ममा मेयर बस्ने कार्यकक्ष र मिटिङहल लगायतका कार्यालयहरु पूर्ण रुपमा तयार भईसकेको काठमाडौं महानगरपालिकाले जनाएको छ । तर, अब मेयरमा उम्मेदवारी दिएकाहरुमध्ये कसले जित्छ भन्ने विषय मात्रै चासोको विषय बनेको छ ।





