यदि तपाई प्रत्येक दिन पुजा गर्नुहुन्छ अनी तपाईको मन असान्त रहेको हुन्छ भने यसको मतलब यो हो की तपाईको पुजापाठमा कहिँ केही गलत नहोस्। मनको शान्ति अनी जुन मनोकामनाले पुजा गरीएको छ, उसको प्राप्तिको लागी विधानपुर्वक पुजा गर्नु जरुरी हुन्छ। जान्नुहोस् पुजा गर्ने समयमा कुन कुराको ख्याल गर्ने अनी कुन नियमको कसरी पालना गर्ने।

१. शिव, गणेश अनी भैरवलाई तुलसी चढाउनु हुँदैन।

२. स्नान नगरी तुलसीको पातलाई टिप्नु हुँदैन । शास्त्र अनुसार यदि कुनै व्यक्ति ननुहाइ तुलसीको पात टिप्छ भने पुजा गर्दा यस्तो पात भगवानद्धारा स्वीकार हुँदैन।

३. तुलसीको पातहरुलाई ११ दिनसम्म बासी मानिँदैन। यसको पातहरुमा जल चढाएर पुन भगवानलाई अर्पित गर्न सकिन्छ।

४. बिहिवार, एकादशी द्धादशी, संक्रान्ति तथा साँझमा तुलसीको पात टिप्नु हुँदैन।

५. सुर्यदेवलाई शंखको जलबाट अघ्र्य दिनु हुँदैन।

६. दुवो (एक प्रकारको घाँस)लाई बिहिवार टिप्नु हुँदैन ।

७. बुधवार अनि बिहिवार पिपलको रुखमा जल चढाउनु हुँदैन।

८. प्लास्टिकको बोत्तल वा कुनै अपवित्र धातुको भाँडामा गंगाजल राख्नु हुँदैन। अपवित्र धातु जस्तै एल्मुनियम तथा फलामबाट बनेको भाँडाहरु । गंगाजल तामाको भाँडामा राख्नु सुभ मानिन्छ।

९. केतुकीको फुल शिवलिंगमा चढाउनु हुँदैन।

१०. कुनैपनि पुजामा मनोकामनाको सफलताको लागी दक्षिणा अवश्य चढाउनु पर्छ।

११. माता लक्ष्मीको विशेष रुपले कमलको फुल अर्पित गरीन्छ। यस फुललाई पाँच दिनसम्म जल चढाएर पुन प्रयोग गर्न सकिन्छ।

१२. घरको मन्दिरमा विहान अनी साँझ दिप अवश्य बाल्नुहोस्। एउटा दिप घिउको अनी एउटा तेलको बाल्नुपर्छ।

१३. सुर्य, गणेश, दुर्गा, शिव तथा विष्णु यि पञ्चदेवता मानिन्छन्। यिनको पुजा सबै कार्यमा अनिवार्य रुपमा हुनुपर्छ। प्रत्येक दिन पुजा गर्ने समयमा यि पञ्चदेवको ख्याल गर्नुपर्छ। यसले लक्ष्मी कृपा अनी समृद्धि प्राप्त हुन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah