काठमाडाैं । पश्चिमी वायुको प्रभावका कारण देशभरको मौसम प्रभावित भएको छ ।

शनिबार देशभर आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दिनभर पश्चिमी क्षेत्र तथा मध्य र पूर्वका पहाडी क्षेत्रमा सामान्य बदली हुने छ । अन्य क्षेत्रमा आंशिक बदली हुने मौसमविदले बताएका छन् । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात र पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।