सत्तारुढ काँग्रेस र माओवादी केन्द्रका सांसदद्वारा प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसदमा दर्ता गराइएको महाअभियोग प्रस्तावविरुद्ध सर्वोच्च अदालतमा मंगलबार रिट दायर भएको छ । अधिवक्ता सुनिलरञ्जन सिंहले अदालतमा विचाराधीन मुद्दामा आफू अनुकुलको फैसला नआउने देखेपछि महाअभियोग लगाइएको भन्दै मंगलबार रिट दायर गरेका हुन् ।

रिटमा संविधानको धारा १०५ ले अदालतमा विचाराधीन विषयमा संसदमा प्रश्न उठाउन र कुनै निर्णय गर्न नपाइने उल्लेख रहेको भन्दै काँग्रेस र माओवादीले संवैधानिक प्रावधान मिचेर कार्कीविरुद्ध महाअभियोग लगाएको उल्लेख छ ।

सत्तारुढ काँग्रेस र माओवादी केन्द्रका २४९ जना सांसदले मन्त्रिपरिषदको कार्यकारी अधिकारमा अंशुक लगाएको तथा अदालतमा न्याायधीशहरुमाथि विभेदपूर्ण व्यवहार गरेको लागतय आरोप लगाउँदै कार्कीविरुद्ध आइतबार संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गराएका थिए ।

रिटमा कार्कीविरुद्ध हचुवाका भरमा पूर्वाग्रही तरवले महाअभियोग दर्ता गरिएको दाबी गरिएको छ । महाअभियोग प्रकरणले अदालतको स्वतन्त्रता र निष्पक्षतामा गम्भीर प्रशन उठ्ने भन्दै रिटमा महाअभियोग रोक्न अन्तरिम आदेश जारी गर्न माग गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah