काठमाण्डौ - शनिबार दिनभर प्रधानमन्त्री केपी शर्मा ओलीको ट्वीटरको विषयमा चर्चा भयो ।

भारतीय कांग्रेसकी अध्यक्ष सोनिया गान्धीले त्यहाँको नागरिकता विधेयककाबारे जारी गरेको भिडियो सन्देश ओलीको आधिकारिक ट्वीटर ह्याण्डलबाट रिट्वीट भएपछि यसको सर्वत्र चर्चा भएको हो । यही रिट्वीटलाई आधार मानेर भारतका कतिपय अनलाइनले समाचार नै प्रकाशित गरेका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओलीको ट्वीटरको पासवर्ड दुरुपयोग भएर यस्तो भएको हुन सक्ने भन्दै छानविन भइरहेको प्रतिकृया दिनुभएको छ ।